बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • भद्रगोलको अर्को रुप दोबाटे, भद्रगोललाई माया गर्नेले मात्र हेर्नुहोला (भिडियो हेर्नुहोस)
समाचार

भद्रगोलको अर्को रुप दोबाटे, भद्रगोललाई माया गर्नेले मात्र हेर्नुहोला (भिडियो हेर्नुहोस)

काठमाडौं । हरेन्द्र खत्रीको लेखन निर्देशनमा तयार हुने दोबाटेले हरेक हप्ता मनोरञ्जनका साथमा समाजलाई सधैं सन्देश दिदै आएको छ । छुट्टै आफ्नै मौलिक कथा अनि गाउले जिबनलाई जस्ताको तस्तै उतार्न सक्ने क्षमता भएका निर्देशक खत्रीले समाजलाई सन्देश दिने अनि समाजले पचाउन सक्ने र जस्तोसुकै बिसयलाइ पनि सरल तरिकाले प्रस्तुत गर्ने गरेका छन । लाखौंको मनमा बस्न सफल दोबाटेले गौरवमय दुई सय उनन्तिस भाग पुर्याएर काठमाडौ भन्दा बाहिरबाट बनिने पहिलो सफल सिरियल बनेर नेपालमै पहिलो ईतिहास पनि रचेको छ ।

कलाकार तथा सञ्चारकर्मी समीर सुबेदीले चिबे बुढोको भुमिकामा र आइन्द्र लिम्बुले कोपा बाजेको भुमिकामा देखा पर्न थालेपछी अझै रोचक बनेको दोबाटेमा निर्देशक हरेन्द्र खत्री, लक्षणा राई, समीर सुबेदी, आइन्द्र लिम्बू, प्रदीप आचार्य, लक्ष्मी खनाल, सरोज तिमल्सिना, मनोज न्यौपाने, कल्पना कुलुङ, पुर्णकला राई, बिष्णु भट्टराई, निशा घिमिरे, आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ । यो हप्ताको दोबाटेमा अहिलेको तिजमा हुने बिकृती र बिसङती विरुद्ध सारै नै रोचक ढङ्गले देखाइएको छ । हास्य टेलिशृन्खला दोबाटेको नयाँ भाग तल भिडियोमा हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै