शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
समाचार

निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट रु पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला त्रिपाठीले रु ५१ हजार १०१, पदमकुमारी सिलवालले रु पाँच हजार १०० र श्रीमाय अधिकारीले रु पाँच हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । बुधबार एक कार्यक्रमबीच उहाँहरूले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

रु एक करोड लागतमा बन्ने उक्त भवन वृद्धाश्रम, सत्तल, पुस्तकालय सभाहललगायत सामाजिककार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताउनुभयो । भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष रु चार लाख सहयोग गरेको बताउनुभयो । साथै उहाँले अन्य रकम स्थानीयवासी विभिन्न उद्योगी÷व्यवसायी तथा सामाजसेवीको सहयोगमा भवन निर्माण भइरहेको बताउनुभयो ।

अहिलेसम्म रु १९ लाख खर्च भइसकेको र भवन निर्माण सम्पन्न गर्न रु एक करोड लाग्ने मन्दिर निर्माण समितिका अध्यक्ष शङ्कर सिलवालले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भवन सम्पन्न गर्नका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा रु ११ लाख रकम छुट्याइएको बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै