बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • वाईफाईको तारबाट करेन्ट लागेर एकको मृत्यु, मध्यरातमा अस्पताल तनाबग्रस्त (भिडियो सहित)
समाचार

वाईफाईको तारबाट करेन्ट लागेर एकको मृत्यु, मध्यरातमा अस्पताल तनाबग्रस्त (भिडियो सहित)

प्रकाश कार्की नाम गरेका दमक २ ढुकुरपानी निबासी २६ बर्षका आजै देखि काममा लागेका थिए । नयाँ ब्यक्तीलाई कुनै सुरक्षा बिना किन पोल चडाईन्छ ?? बिना ग्लोब्स, बिना सेफ्टी हेल्मेट, कुनै ट्रेड्निङ बिना किन यस्तो संबेदनसिल इलेक्ट्रोनिक सामानहरु चलाउन दिईन्छ ? हिजो एउटा मरे, आस्ती यसै क्षेत्रमा अर्को जना मरे अनि आज यस्तो भयो । केहि दिन अगाडिसम्म एकै ठाँउमा काम गर्दै आईरहेको , एउटै ठाँउमा खान-पिन गर्ने साथी भन्छन ढुकुरपानी, दमक-२, झापामा घर भइ एक सानो छोरा , श्रीमती, दाजुभाइ , दिदिबहिनी, अनि आफ्ना आमा बुबा को साथमा घरकै खाना खाई अब जे गर्नु आफ्नै ठाउँमा गर्छु भन्ने सोचले मलेशियाबाट फर्केर आएका २०५३ साले प्रकाश कार्की साथीको यो हालत भएको छ ।।

विभिन्न राजनीति चलखेल र ठुलाबडा को आफ्नो माथिल्लो पौचले गर्दा ति सस्था पाथिभराका माथिल्लो मानिसलाई ईलाका प्रहरी कार्यलयमा राखिए ता पनि कुनै केहि जानकारी आएको छैन । आजैबाट काम गर्न थालेका दुई जना र सोही कम्पनीका मेनेजर बेलडागि स्थित आफ्नो नेटवोर्क बिस्तार गर्ने क्रममा गएका रहेछ्न तर बिना कुनै सेफ्टी, घर परिवारबाट आज देखि होईन भोलि देखि काममा जा भन्दै गर्दा कम्पनीको गाडी घरमै लिन गए पछि काममा गरेका थिए । प्रकाशका दाजुका अनुसार घरमै गएर जबर्जस्ति लगेका थिए । कुनै पनि वैद्युतका तारहरुमा कनेक्सन नगरी , एक पोल देखि अर्को पोलमा नयाँ तार लाउदै थिए। यो क्रम चलीरहेको थियो ।

पोलमा तार लगाई सके पछि भुईबाट त्यो कालो ईन्टरनेटको फाइबर तार अर्को पिलसम्म तान्नु भनेर मेनेजर, र अर्को नयाँ कामदार भने पछि त्यो पलास्टिकले बेरिएको फाइबरको कालो तारलाई छुदा हातमा करेन्ट लागेर त्यही लडेका थिए। त्यो देखे पछि ती मेनेजर , नया कामदारले सिटी सफारीमा हालेर दमक आम्दा अस्पतालमा ल्याइने बितिकै उस्को ज्यान गयो । मेनेजरले पीडितपक्ष लाई अस्पतालमै नराम्रो बेवहार गरे पछि स्थानीय ब्याक्ती आक्रोशित भए पछि तिनिहरु लाई प्रहरीले सुरक्षा दिएर ठाना लगेको छ । शवलाई पुरानो आम्दा लगेको छ र बिहान ७ बजे सत्य कुरा बोल्छु भन्ने यो कम्पनीले भनेको छ। सहिलाई सहि भनियोस् र गलतलाई गलत भनेर मध्यरातमा पनि आफन्तहरु अस्पतालमा नै यसरी बसेका छन । तल भिडियोमा हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार