बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • दमकल ढिलो पुग्दा पूरै जल्यो सुविसुको कार्यालय, यस्तो छ प्रत्यक्षदर्शीको बयान (भिडियोसहित)
समाचार

दमकल ढिलो पुग्दा पूरै जल्यो सुविसुको कार्यालय, यस्तो छ प्रत्यक्षदर्शीको बयान (भिडियोसहित)

दमकल ढिलो आउँदो सुविसुको कार्यालयमा लागेको आगो नियन्त्रणमा झन् ढिलाई भएको खुलेको छ । काठमाडौंको बालुवाटारमा रहेको ईन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसुको कार्यालयमा बुधबार दिउँसो भिषण आगलागी भएको थियो । दिउँसो १ः४५ बजेतिर आगलागी शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

समयमै खबर गर्दा पनि त्यसको झण्डै ४५ मिनेटपछि मात्रै दमकल घटनास्थलमा पुगेको थियो । त्यतिन्जेलसम्म आगो झन् धेरै फैलिएको एक जना प्रत्यक्षदर्शीले बताए । ‘आगो लागेको झण्डै ४५ मिनेटपछि दमकल आयो, त्यो पनि पाइप दोब्रिएको के के भाको, पानी नै फालेन, आगो ठूलो थियो, पानीको फोहोरा सानो भो, ती प्रत्यक्षदर्शीले भने ।

सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । सुविसुको सिस्टमलाई विद्युत प्रवाह गर्न सञ्चालन गरिने जेनेरेटर रहेको कोठाबाट आगलागी भएको देखिएको प्रहरीको भनाइ छ । कोठामा स्टक राखिएको पेट्रोलमा आगो सल्किएको थियो ।

पेट्रोलबाट लागेको नेपाली सेना, नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको दमकल समेत आगो निभाउन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दमकल बोलाइएको थियो । आगलागीपछि देशभर सुविसुको इन्टरनेट र केवुल टेलिभिजन सेवा अवरुद्ध भएको छ । बाँकी भिडियोमा हेर्नुस् ।

चर्चामा

सम्बन्धित समाचार