सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • पूर्वी चितवनमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु, एक घाइते
समाचार

पूर्वी चितवनमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु, एक घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेमा आज दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४०प १५८३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना३४प ७१६८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो । दुर्घटनामा घाइते ना४०प १५८३ नंको मोटरसाइकल चालक कँडेलको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का ४८ वर्षीय शिवनारायण चौधरी घाइते हुनुभएको छ । चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै