बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • काबुलमा विस्फोट, कम्तीमा ९५ व्यक्ति घाइते
समाचार

काबुलमा विस्फोट, कम्तीमा ९५ व्यक्ति घाइते

काबुल, २२ साउनः अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतङ्ककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन् । यस भीषण कारबम आक्रमणपछि राजधानी काबुलको पश्चिमी भाग धुवाँले भरिएको जनाइएको छ । अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिाबानबीच शान्ती सम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ ।

पश्चिम काबुलमा रहेको एक प्रहरी स्टेशनको प्रवेशद्धारमा स्थानीय समयानुसार बिहान ९ बजे सो विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नुरात रहिमीले बताउनु भएको छ । यस आक्रमण्मा परी घाइते भएका ९५ व्यक्तिमा प्रायः सर्वसाधारण रहेका छन् । यसमा पनि महिला र बालबालिकाको सङ्ख्या बढी रहेको जनाइएको छ । ती सबैलाई उपचारको लागि अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले बताउनु भएको छ ।

आफूले अचानक एक भीषण आवाज सुनेको र आफ्नु पसलमा रहेको झ्यालका सिसाहरु सवै फुटेर सवैतिर छरिएको सो इलाकाका एक पसले अहमत सालेहले एएफपी समाचार समितिलाई बताएका् छन् । सो विस्फोट गराइएको एक किलोमिटरपर सम्मका करिब २० ओटा पुसलहरु विस्फोटबाट प्रभावित भएको जनाइएको छ । यस कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकू समूहले लिएको छ । अफगानिस्तानमा जरी द्वन्द्वको क्रममा सन् २०१९ को जुलाईसम्म १ हजार ५०० भन्दा बढी सर्वासधारण घाइते भएका संयुक्त राष्ट्र संघले हालै जनाएको छ । -एएफपी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै