आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
समाचार

बालुवाटारमा आगलागी

काठमाडौँ, २२ साउनः काठमाडौँको बालुवाटारस्थित चिनियाँ राजदूतवास नजिक आगलागी भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपरान्ह आगलागी भएको जानकारी दिनुभयो ।

“ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उहाँले भन्नुभयो । ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । –रासस

चर्चामा

सम्बन्धित समाचार