शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौ’ चर्चामा
समाचार

गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौ’ चर्चामा

काठमाडौं । नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो ।

आज अपराह्न गज्जबको टेलिभजनको युट्युब च्यानलमार्फत गीतको औपचारिक सार्वजनिक गरिएको छ । दाहालको स्वरमा रहेको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीतमा दाहाल स्वयम्ले समेत नृत्य गर्दै अभिनय गर्नुभएको छ ।

उत्कृष्ट छायांकन रहेको गीतलाई दिनेश थपलियाले रचना गर्नुभएको हो । दाहाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुनुहुन्छ । उहाँले यसअघि एक दर्जन बढी गीतमा स्वर दिइसक्नुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार