बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृ*त्यु
समाचार

मोटरसाइकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृ*त्यु

परासी, २२ साउनः पश्चिम नवलपरासीको सुनवलमा भएको तीव्रगतिको मोटरसाइकल दुर्घटनामा एकको मृ*त्यु भएको छ । सुनवल–१२ हरकट्टाबाट परासी आउने क्रममा सुनवल र रामग्राम नगरपालिकाको सीमामा रहेको पुलमा मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी रामग्राम–१० का ३३ वर्षीय अमरदीप चौधरीको घटनास्थलमै मृ*त्यु भएको छ । लु४०प ३५९८ नंको मोटरसाइकल तीव्रगतिका कारण पुलमा अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक बलराम गिरीले जानकारी दिनुभयो । –रासस

चर्चामा

सम्बन्धित समाचार