सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • बार्ह वर्षीया छोरीलाई बलात्कारको आरोपमा बाबु पक्राउ
समाचार

बार्ह वर्षीया छोरीलाई बलात्कारको आरोपमा बाबु पक्राउ

विदुर, २१ साउन । नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बार्ह वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिराले मातेका आरोपितले यही साउन १७ गते बिहानको २ः०० बजे बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले यही साउन १९ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै