आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • करीब १३ लाख मूल्य बराबरको समानसहित दुई पक्राउ
समाचार

करीब १३ लाख मूल्य बराबरको समानसहित दुई पक्राउ

प्रहरीले करीब १३ लाख मूल्य बराबरको अवैध समानसहित गए राति दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किरानाका समान तथा सवारीसाधनसहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई जनालाई पक्राउ गरेको हो ।

सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर३२जे १२०६ नंको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैधरूपमा लिएर आइरहेको किराना समानसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

त्यसैगरी सिरहा नगरपालिका–७ ट्राफिक नजिकैबाट अवैध समानसहित मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय विष्णुदेव महतोलाई पक्राउ गरेको छ । स१प ९२०२ नंको मोटरसाइकलमा भन्सार छलेर लुकाई राखिएको ३५ हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सम्पूर्ण समान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार