बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • सेतै फुलेका मधेसी ‘बा’ लाई कसले किन दियो चितवनमा यति राम्रो घर [भिडियोमा हेर्नुहोस्]
समाचार

सेतै फुलेका मधेसी ‘बा’ लाई कसले किन दियो चितवनमा यति राम्रो घर [भिडियोमा हेर्नुहोस्]

पुर्वी चितवनको कंकाली माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरुले आफुलाई पढाउने शिक्षकको लागि पक्की घर बनाइदिने भएका छन् । उनिहरुले गुरुको सम्मान स्वरुप पक्की घर बनाइदिने निर्णय गरेका हुन् । घर बनाउनको लागि बिद्यार्थीहरुले एउटा समितिनै बनाएका छन् ।

कंकाली माविमा लामो समयदेखि अध्यापन गराउँदै आएका पशुपतीलाल कर्णलाई बिद्यार्थीले पक्की घर बनाइदिने तयारी गरेका हन् । सिराहको लाहान स्थायी घर भएका कर्णले विगत ४२ बर्षदेखि कंकाली माविमा अध्यापन गराउँदै आएका छन् ।

उनले अवकास पाएपछि पनि उनी फुर्सदको बेलामा बिद्यालय पुगेर पढाउने काम गर्दै आएका छन् । आफुलाई सतमार्गमा हिड्न सिकाएका गुरुलाई घर बनाएर उपहार दिन पाउँदा साह्रै खुसी लागेको बिद्यार्थीहरुले बताएका छन् । ३ कोठा, ट्वाईलेट बाथरुम र बरण्डासहितको घर बन्ने उनिहरुको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै