शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • लोकप्रिय सर्जक क्रिस क्षेत्रीको नयाँ गीत भाइरल सार्वजनिक, [भिडियो हेर्नुस्]
समाचार

लोकप्रिय सर्जक क्रिस क्षेत्रीको नयाँ गीत भाइरल सार्वजनिक, [भिडियो हेर्नुस्]

नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीजको अवसरमा मध्य नजर गर्दै कलाकारहरुले नयाँ नयाँ गीतहरू सार्वजनिक गरिरहेका छन् । यसै अवसरमा लोकप्रिय सर्जक क्रिस क्षेत्रीको नयाँ गीत भाइरल भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा विष्णु पाण्डे र सीमा सरुको आवाज रहेको छ। उनीहरू ले गीतलाई निकै न्याय गरेर आवाज दिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जाल मा बढिरहेको विकृत र विसंगतीको कुरालाई गीतले निकै रमाइलो संग उठाएको छ । गीत रलाइलो र संदेश मुलक पनि रहेको छ । समग्रमा गीत निकै उत्कृष्ट रहेको छ । गीतको म्यूजिक भिडियो समेत दमदार बनाइएको छ । गीतलाई यो वर्षका चर्चित निर्देशक प्रकाश भट्टले निर्देश गरेका छन् भने यादव देवकोटा सरापे र जानुका पौडेलको अभिनय रहेको छ ।

गीत सार्वजनिक भएपछि हामीसंग कुरा गर्दै सर्जक क्रिस क्षेत्रीको गीतको सबैले राम्रो प्रतिक्रिया दिएको बताउनु भयो । गीतलाई दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागि ।

चर्चामा

सम्बन्धित समाचार