बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • डाँका मुद्दामा फरार युवक पक्राउ
समाचार

डाँका मुद्दामा फरार युवक पक्राउ

लहान । डाँका मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले आइतबार साँझ डाँका मुद्दामा फरार रहेको सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर निवासी २० वर्षीय रुपेशकुमार यादवलाई पक्राउ गरेको हो ।

डाँका मुद्दामा पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसअघि गत शनिवार पनि डाँका मुद्दामा गत २०७६ वैशाख महीनादेखि फरार सिरहा नगरपालिका १९ सन्हैठा निवासी ३० वर्षीय मनोजकुमार यादवलाई पक्राउ गरिएको थियो । आफ्नै घर वरिपरि लुकिछिपी बसिरहेको सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार