सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • चन्द समूहका नेता कुवँर पक्राउ
समाचार

चन्द समूहका नेता कुवँर पक्राउ

गलकोट । नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरिएका ४० वर्षीय कुवँरलाई आज जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको हो ।

बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका जिल्ला सदस्य कुँवरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिबार निवासबाटै पक्राउ गरेको थियो । आज मात्र जिल्ला सदरमुकाम ल्याएर जिल्ला अदालतबाट थप अनुसन्धानका लागि तीन दिनको म्यादसमेत थप गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले बताउनुभयो ।

गत साउन १६ गते राति सरकारद्वारा प्रतिबन्धित चन्द समूहले बागलुङको निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी आशङ्कामा पक्राउ गरेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका लागि कुँवरको मोबाइल फोन काठमाडौँमा पठाइएको छ भने कुँवरलाई राज्य कसुर विरुद्धको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै