बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • भालुको आक्रमणबाट वृद्धा घाइते
समाचार

भालुको आक्रमणबाट वृद्धा घाइते

रसुवा । भालुको आक्रमणबाट पश्चिमी रसुवामा एक वृद्धा गम्भीर घाइते भएकी छिन् । प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार भालुको आक्रमणबाट हाकु आमाछोदिङ्मो गाउँपालिका–ं१ की ७० वर्षीया निमा तामाङ घाइते भएकी हुन् ।

तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको छ । गोठमा बाख्रा हेर्न जाँदा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट गोठमा रहेका चार बाख्रासमेत मरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै