मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • पितृप्रसाद खाँदा एकै गाउँका १८ बिरामी
समाचार

पितृप्रसाद खाँदा एकै गाउँका १८ बिरामी

सिन्धुली । दूधौली नगरपालिका–६ हर्षाही माझखर्कमा पितृप्रसाद खाँदा १८ जना बिरामी परेका छन् । स्व देवनारायण दाहालको मासिक शनिबार गरिएको थियो । स्थानीय डम्बरकुमारी दाहालको घरमा शनिबार पितृप्रसाद खाएकामा आज बिहानैदेखि बिरामी पर्न थालेका दूधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताउनुभयो ।

स्थानीयवासीलाई बिहानदेखि टाउको दुख्ने र बान्ता तथा झाडापखाला लागेको उहाँको भनाइ छ । एकै गाउँमा १८ जना बिरामी परेपछि अहिले दूधौली स्वास्थ्यचौकी, सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोलीले उपचार गरीरहेका उहाँले जानकारी दिनुभयो ।

बिरामी परेकाको त्यहाँ उपचार हुन नसकेमा तत्काल अन्यन्त्र उपचार गर्न लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखीएको उहाँले बताउनुभयो । सबैको नगरपालिकाको सहयोगमा आवश्यक उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै