बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
समाचार

स्पेनका नागरिक मृत फेला

तनहुँ । बन्दिपुर गाउँपालिका–४ स्थित सिद्धगुफा जाने मार्गमा आज एक स्पेनका नागरिक मृतवस्थामा फेला परेका छन् । मृत फेलापर्नेमा स्पेनका लुइज कार्लोस रहेका घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभयो । मृतक कार्लोसको साथबाट परिचयपत्र भेटिएको उहाँले बताउनुभयो ।

एशियाकै ठूलो गुफा दाबी गरिएको सिद्धगुफा गएर बन्दिपुर बजार उक्लिने क्रममा अचानक ढलेका कार्लोसको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीको भनाइलाई उदृत गर्दै पाण्डेले जानकारी दिनुभयो । शव परीक्षणका लागि दमौली अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । घटनाको स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार