शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सम्झौता यथावत् राख्न सर्वोच्चमा रिट
समाचार

सम्झौता यथावत् राख्न सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नयाँ बसपार्कका संरचना नेपाल सरकार र जापान सरकारबीच भएको सम्झौता बमोजिम यथावत् राख्न र जथाभावी निर्माण नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका तर्फबाट अधिवक्ता मनिषकुमार श्रेष्ठ, महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारी, महासचिव गणेश उप्रेती लगायत सात जनाद्वारा दायर गरिएको रिट निवेदनमा ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा जथाभावी संरचना खडा गरी सरकार र जापान सरकारबीच भएको सम्झौताको उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

करीब १६५ रोपनी जग्गामा रहेको सो बसपार्क जापान सरकारको आर्थिक अनुदानमा निर्माण भई २०४९ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सरकारले पछि सो बसपार्क सञ्चालनका लागि काठमाडौँं महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

महानगरपालिकाले २०५६ साल चैत २९ गते ल्होत्सेलाई सम्झौतामार्फत सञ्चालन गर्न दिएको थियो । सञ्चालनको जिम्मा पाएपछि ल्होत्सेले नयाँ बसपार्कभित्र जथाभावी रुपमा संरचना निर्माण गरेको आरोप रिट निवेदनमा लगाइएको छ । महासङ्घले आफूहरुलाई पक्षपात रुपमा व्यवहार गरी गाडी पार्किङ गर्नबाट वञ्चित गरेको आरोप पनि लगाएको छ ।

चर्चामा

सम्बन्धित समाचार