सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने
समाचार

सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते भएको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भन्नुभयो । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको खर्च आफैंले बेहोर्नुहुनेछ, भ्रमण टोलीको आवतजावतको टिकट खर्च मात्रै सरकारले बेहोर्छ ।

भ्रमणका सदस्यमध्ये कर्मचारी संयन्त्रका बाहेकका सहयोगीको ‘टिएडिए’ स्वीकृति गरिएको छैन”, सञ्चारमन्त्रीले भन्नुभयो । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्य लाभको पनि कामना गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै