मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु
समाचार

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

वासिङ्टन, १९ साउन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ ।

गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ । अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै