बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • डरलाग्दो जंगलको बिचमा १ मात्र घर, गर्छन सुरक्षा कुकुरले
समाचार

डरलाग्दो जंगलको बिचमा १ मात्र घर, गर्छन सुरक्षा कुकुरले

उमेरले ९० वर्ष काटेका राते बुढा भनेर गाउँभरी चिनिने चित्र बहादुर गुरुङ र कालिमाया गुरुङको जोडी तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ८ मा पर्न सतीस्वाँरा भन्ने गाउँमा एक्लो घरमा बस्छन् । गुरुङ भारतीय आर्मीका हवल्दा हुन् । गाउँलेले गाउँ छोडीसके तर उनीहरुको जोडीले भने गाउँ छोड्न सकेन । श्रीमान् श्रीमतीको मायाले उनीहरुले उमेरको नवौं दशकसम्म पनि सुखमय जीवन काटिरहेका छन् ।

तर दुःखको कुरा यो जोडीको सन्तान छैन । कसको कारणले गर्दा सन्तान नभएको भन्ने पनि उनीहरुलाई थाहा छैन । गाउँमा एक्लो घरमा रमारहेका यो जोडी बाँचुञ्जेल त साथ छ तर एकको शेखपछि भने बाँच्नेको साहारा छैन । उनीहरुको साहारा घरपाला कुकुर बनेको छ । घरमा राखिरखेको फोन बज्ने वित्तिकै कुकुरहरुले फोन आएको संकेत भुकेर गर्छन् । उनीहरु जहाँ भएपनि फोन आयो भनेर थाहा पाउँछन् र घर आउँछन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै