मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • सिरहामा खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु
समाचार

सिरहामा खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु

लहान । सिरहाको छुट्टाछुटै स्थानको खाल्डोमा डुबेर आज दुई बालबालिकाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका–११ वल्कवास्थित गुड्डु इँटाभट्टा नजिकैको खाल्डोमा डुबेर भारतको कुशबिहार जिल्ला पश्चिम बङ्गाल बलनघाट ग्राम पञ्चायत निवासी जसम मियाँ बङ्गालीको छोरा १० वर्षीय नोविल मियाँ बङ्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इँटाभट्टा नजिकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै सिरहाको कल्याणपुर नगरपालिका–९ रुदलपुरस्थित घुर्मीखोलामा डुबेर स्थानीय १४ वर्षीया रुन्चीकुमारी महतोको मृत्यु भएको छ । भैँसी लिएर घुर्मीखोलामा नुहाउने क्रममा डुबेर रुन्चीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै