शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • अघोरी बाबालाई जङ्गि बाबाको ब्रुस्लि किक, देखाए २५० वटा किक, भन्छन अघोरी झुटो छ (भिडियो हेर्नुहोस)
समाचार

अघोरी बाबालाई जङ्गि बाबाको ब्रुस्लि किक, देखाए २५० वटा किक, भन्छन अघोरी झुटो छ (भिडियो हेर्नुहोस)

मोरङको उर्लाबारीमा अचम्मका जङ्गी बाबा भेटिए । उनले काठमाडौका अघोरी बाबा भन्दा आफू अब्बल भएको कुरा बोलेर हैन कामले देखाए । उनले दुई सय पचास वटा भन्दा बढी किक र योगा देखाउने कलाले सन्सार चकित बनाउछन । बोल्नमा सारै सिपालु बाबाको नाम जङ्गि बाबा रहेछ । उनी सारै जङ्गि भएकाले उनको नाम पनि जङ्गि रहन पुगेको बताउछन उनी । जस्तोसुकै कुरालाई पनि सरल रुपमा बताउने जङ्गी बाबा बेलाबेलामा आक्रोसित मुद्रामा देखिन्छन ।

भन्छन उनलाई भित्ती केटाहरुले आश्रममा आएर गाजा मागेर हैरान बनाउछन । केही गर्दा पनि नभएपछि मात्र उनी हात उठाउन बाध्य बन्छन । उनले पाँच छ जना एकलै तह लगाउदै आएको कुरा सुनाए । अभिनयमा पनि उत्तिकै अब्बल जङ्गि बाबा भन्छन मलाई सबै कुरा सजिलो लाग्छ । उनले हिन्दी चलचित्र सोलेको कथालाई नेपालीमा राजेश हमाल शिव श्रेष्ठ र सुनिल थापा भएको भए कसरी बोल्ने थिए भनेर यसरी सुनाए । अभिनयमा कसैले नसक्ने जङ्गि बाबालाई देखेपछि सबै छक्क पर्छन । काठमाडौका अघोरी बाबालाई झुटो भन्दै उनले दिए कडा चेतावनी ।

उनले पुतली जस्तै उड्ने कला पनि यसरी देखाए कि सबै चकित परिनेछ । उनले दुई सय पचास वटा भन्दा बढी किक र आसन देखाए । रोचक कुरा त के छ भने उनले उनको पेटको आन्द्रा बटारेर देखाउछन । उनले आन्द्रा बटारेर पेट नै खाली बनाउछन । सन्सारै चकित बनाउछन । उनका अगाडि काठमाडौका अघोरि बाबा नै फिक्का लाग्छ । आखिर को हुन त यति खतरनाक जङ्गी बाबा तल भिडियोमा हेर्नुहोला होस उड्नेछ ।

चर्चामा

सम्बन्धित समाचार