आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • क्यान्सर पीडित आमा र खुट्टा काटिएको छोरालाई आयो यति धेरै सहयोग (भिडियो सहित)
समाचार

क्यान्सर पीडित आमा र खुट्टा काटिएको छोरालाई आयो यति धेरै सहयोग (भिडियो सहित)

आमालाई पाठेघरको क्यान्सर,पाठेघर काटेर फाल्नु नै पर्यो । ३ लाख रिन तिर्न ट्याक्टरमा बालुवा ढुङा र ठुलाठुला रुखहरु पनि बोक्न थाले १५ बर्से बालक । आफैले कुदाएको ट्याक्टर भिरबाट खसेर ट्याक्टरको चक्काले उनलाई नै किच्यो । हड्डी सबै भाचिएर हेर्नै नसकिने अवस्था थियो । रातारात गरेर उनलाई काठमाडौ पुर्याइयो तर उनको खुट्टा नै काट्नुपर्यो । आमाछोराको उपचार खर्च जोढ्दा करिब पैतिस लाख ऋण पुगेछ । बिचरा गरिब परिवारको बिचल्ली नै भयो न त घर रहयो न त जग्गा नै ।

उनिहरुको रुदारुदै दिन अनि रात बित्न थाल्यो । सानो पसल गर्ने एक दिदिले सहयोग गरेर कोठाभाडामा बस्दै आएका आमाछोराको सधै दिन रोएरै बित्छ । दमकमा काम खोज्ने क्रममा उनलाई भाडा माझ्ने काम पनि दिइएन दलित भनेर । अनि आफ्नो थर नै ढाटेर एउटा पसलमा भाडा माझेर कमाएको पैसाले महिनाको कोठाभाडा र खान पनि पुग्दैन त्यति धेरै पैतिस लाख कहाँबाट ल्याएर तिर्नु ? सुपर अनलाइन टिभिका समीर सुबेदिले आमाछोराको मनै रुवाउने कहानी सुनेपछी थाहै नपाइ आखाभरी आँसु भएछ ।

सकेको सहयोग सबैले गरिदिनुहोस तपाईंको सानो सहयोग पनि यो दुखी परिवारलाई ठूलो हुनेछ । तपाईंको एक शियरले धेरै सहयोगि सम्म पुग्छ यो समाचार अनि भिडियो सहयोगीले यो देखेर सहयोग गर्नुभयो भनेपनि तपाईंले सहयोग गरेको बराबर हुनेछ । सहयोग गर्नलाई ९८१४९३०७३६ र ९८२५९०६८६६ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ र त्यो सहयोग गरेको विवरण सहितको भिडियो समीर सुबेदीले बनाएर सुपर अनलाइन टि भि मा अपलोड गर्नेछन ।

चर्चामा

सम्बन्धित समाचार