बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको सेनाको हेलिकप्टरबाट उद्धार
समाचार

करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको सेनाको हेलिकप्टरबाट उद्धार

खोटाङ। करेन्ट लागेर गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय धनकुमार तामाङको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ । केपिलासगढी–५ सप्तेश्वरमा स्थानीयवासीको घरमा मिटरबक्स जडान गर्नेक्रममा तामाङलाई करेन्ट लागेको हो ।

सांसद विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईको पहलमा तामाङको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो । तामाङको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको उनीसँगै सहयोगीका रुपमा जानुभएका मिलन सुनुवारले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै