आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • तीन दिनदेखि बेपत्ता किशोर मृत भेटिए
समाचार

तीन दिनदेखि बेपत्ता किशोर मृत भेटिए

बैतडी । तीन दिनदेखि बेपत्ता रहेका एक किशोर आज मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका–६ नगतडीका १८ वर्षीय दीपक महर मृत भेटिएका हुन् ।

महरको शव आज दशरथचन्द नगरपालिका–६ कन्सनीगाडमा भेटिएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । उनी साउन १४ गतेदेखि बेपत्ता थिए । सदरमुकाम गोठलापानीबाट घर फर्कदै गरेका महर बेपत्ता भएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार