बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • भण्डारीको ६८औँ जन्मजयन्ती मनाइयो
समाचार

भण्डारीको ६८औँ जन्मजयन्ती मनाइयो

भक्तपुर । जननेता स्व मदन भण्डारीको ६८औँ जन्मजयन्ती मनाइएको छ । मदन भण्डारी फाउण्डेसनले जन्मजयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठिमा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नेपाली कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीको योगदानको चर्चा गर्नुभयो ।

उहाँले भण्डारीकै कारण कम्युनिष्ट पार्टी आज सत्तामा पुग्न सकेको जिकिर गर्दै यतिबेला भण्डारीका विचार अनुसार कम्युनिष्ट पार्टी अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले यतिबेला पार्टिभित्र आन्तरिक समस्या देखिएकाले त्यसको समाधान गर्न नसके कम्युनिष्ट पार्टी कमजोर हुने भनाइ राख्नुभयो ।

कार्यक्रममा प्रदेश नं–३ का सांसद शशिजङ्ग थापा, प्रतिभा श्रेष्ठ र सरस्वती वाटी, नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज दिलीप प्रजापति, नेकपा केन्द्रीय सदस्य भक्तपुर सह–इन्चार्ज एवं चागुँनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, गरीबी निवारण कोषका उपाध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य निर्मलकुमार भट्टराई लगायतले मदन भण्डारीको सरल जीवाशैली र उहाँको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै