बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • आयो भद्रगोल बिर्साउने यस्तो हास्य टेलिशृन्खला, हेर्नुस् छक्क पर्नु हुनेछ (भिडियो सहित)
समाचार

आयो भद्रगोल बिर्साउने यस्तो हास्य टेलिशृन्खला, हेर्नुस् छक्क पर्नु हुनेछ (भिडियो सहित)

हरेन्द्र खत्रीको लेखन निर्देशनमा तयार हुने दोबाटेले हरेक हप्ता मनोरञ्जनका साथमा समाजलाई सधैं सन्देश दिदै आएको छ । यसपाली चाहिँ अब आउन लागेको चलचित्र कबड्डी कबड्डि कबड्डीको प्रचार रोचक तरिकाले गरिएको छ । अन्य सिरियलमा जस्तो बनावटी देखिदैन दोबाटेमा, छुट्टै आफ्नै मौलिक कथा अनि गाउले जिबनलाई जस्ताको तस्तै उतार्न सक्ने क्षमता भएका निर्देशक खत्रीले समाजले पचाउन सक्ने अनि जस्तोसुकै बिसयलाइ पनि सरल तरिकाले प्रस्तुत गर्छन ।

लाखौंको मनमा बस्न सफल दोबाटेले गौरवमय दुई सय उनन्तिस भाग पुर्याएर काठमाडौ भन्दा बाहिरबाट पनि काठमाडौलाई टक्कर दिने सिरियल बनेर नेपालमै पहिलो ईतिहास पनि रचेको छ । यसमा निर्देशक हरेन्द्र खत्री, लक्षणा राई, समीर सुबेदी, आइन्द्र लिम्बू,प्रदीप आचार्य,लक्ष्मी खनाल, सरोज तिमल्सिना,मनोज न्यौपाने, कल्पना कुलुङ, पुर्णकला राई,बिष्णु भट्टराई, निशा घिमिरे, आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ । यो पालिको दोबाटेमा गाउमा स्वस्थ रहन कबड्डी खेल्नुपर्ने कुरालाई कबड्डी खेलाएरै देखाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै