शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • दीयाले गरिन् ‘डिभोर्स’, सकियो ११ वर्ष लामो वैवाहिक जीवन
समाचार

दीयाले गरिन् ‘डिभोर्स’, सकियो ११ वर्ष लामो वैवाहिक जीवन

एजेन्सी । बलिउडका एक सुन्दर जोडीले आफ्नो सम्बन्धलाई तोड्दै अलग भएका छन् । उनिहरु ११ वर्ष लामो वैवाहिक जीवन बिताएपछि कानुनी रुपमा छुटिएकि हुन् । दीया र उनका पति साहिल सम्बन्धविच्छेदको कुरा आएपछि कानुनी रुपमा छुटिएका हुन्। दिया र साहिलले आपसी सल्लाहमा नै यो निर्णय गरेको बताएका छन् ।

दिया मिर्जा भारतीय सिनेमाको एक प्रमुख अभिनेत्री हुन्। उनी मिस एसिया पेसिफिक पनि रहि सकेकी छिन्। दिया मिर्जाको जन्म ९ डिसेम्बर १९८१मा हैदराबाद, आन्ध्र प्रदेश, भारतमा भएको हो । उनले यो खबर सामाजिक संजाल मार्फत जानकारी गराएकी छन्। ११ वर्ष सँगै रहेपछि हामीले एकअर्कासँग छुट्टिने निर्णय गरेका छौँ । एकअर्कासँग छुट्टिए पनि हामी एकअर्काका साथी चाहिँ रहिरहनेछौँ । दीया र उनका पति साहिलले २०१४ मा विवाह गरेका थिए ।

दीयाले आफ्नो सामाजिक संजाल एकाउन्टबाट यसको जानकारी दिएकी हुन । पोस्टमा उनले साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन् । हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं’, दीयाले पोस्टमा लेखेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार