सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • पहिरोले स्काभेटरसहित चालक पुरिए
समाचार

पहिरोले स्काभेटरसहित चालक पुरिए

गोरखा, १७ साउनः गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् ।

गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेकाले घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै