बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • जनकपुरमा दुई टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म
समाचार

जनकपुरमा दुई टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म

धनुषा, १६ साउन । जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुको जन्म भएको छ । चिकित्सक रुवी सिंहको टोलीले शल्यक्रिया (अप्रेशन) गरी शिशुलाई पेटबाट निकालेको थियो ।

अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो बच्चा जन्माएकी हुन् ।

उक्त शिशु जन्मेको एक घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । साथै शिशुको आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका रामबाबु यादवले जानकारी दिनुभयो । तस्वीरः अजयकुमार साह –रासस 

चर्चामा

सम्बन्धित समाचार