सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • ‘मुलुक समृद्धिको दिशामा अघि बढिसक्यो’
समाचार

‘मुलुक समृद्धिको दिशामा अघि बढिसक्यो’

इलाम, १६ साउनः नेपाल कम्यनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मुलुक समृद्धिको दिशामा अघि बढेको बताउनुभएको छ । आज यहाँस्थित माई नगरपालिकामा नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै उहाँले सरकारले समुन्नत विकासमा ध्यान दिएकाले अब मुलुकमा विकासको लहर अघि बढेको उल्लेख गर्नुभयो ।

मुलुक समृद्ध हुनका लागि भौतिक पूर्वाधार र सामाजिक विकासलाई एकैसाथ अघि बढाउन वर्तमान सरकारलाई नेता खनालले आग्रहसमेत गर्नुभयो । “सरकारले सबै पक्षलाई समेटेर काम गर्नुपर्छ”, उहाँले थप्नुभयो, “सबै पक्षलाई समेटे मात्र मुलुकमा दिगो विकास हुन्छ ।” नेता खनालले सरकारले दुई तिहाइको दम्भ र घमण्ड नदेखाइ काम गर्नुपर्ने बताउनुभयो । “सरकारभन्दा पार्टी ठूलो हो, दुई तिहाइको दम्भ देखाए पार्टी दुर्घटना हुन सक्छ”, उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेस र समाजवादीबाट प्रवेश गरेका ३० जनाभन्दा बढी कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन् । खनालले नवप्रवेशीलाई स्वागत गर्दै पार्टीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम चाँडै शुरु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नं १ प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा, राम राना, काजीमान कागतेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै