बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • चार्जमा राखेर मोबाइलमा गेम खेल्दा गयो ज्यान किशोरको
समाचार

चार्जमा राखेर मोबाइलमा गेम खेल्दा गयो ज्यान किशोरको

विराटनगर, १६ साउनः मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ ।

एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै