शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • जमुना र प्रकाश कटुवालको तीज गीत ‘आधा किलो सुन’ सार्वजनिक
समाचार

जमुना र प्रकाश कटुवालको तीज गीत ‘आधा किलो सुन’ सार्वजनिक

काठमाडौं । गायिका जमुना सनम र प्रकाश कटुवालको आवाजमा रहेको तीज गीत ‘आधा किलो सुन’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गीत तयार गरिएको छ ।

गीतमा तिजको गरिमाका साथै सास्कृतिक महत्वलाई समेत समेटिएको छ ।गीतमा शब्द तथा संगीतसंगै संगीत संयोजन समेत राजु सुनामको रहेको छ ।

भिडियोमा कोरीयोग्राफी नवराज उप्रेतीको रहेको छ भने भिडियोमा जुना सन्दास , रमेश थापा,र नवराज रिजालको अभिनय रहेको छ । भिडियो निर्देशन देबेन्द्र तिम्सिनाले गरेका छन् । ‘आधा किलो सुन’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार