शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सुनकोशी नदीले बगाउँदा विद्यार्थी बेपत्ता
समाचार

सुनकोशी नदीले बगाउँदा विद्यार्थी बेपत्ता

मेलम्ची, १६ साउन । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको छ ।

प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् । बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए । “खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएक रहेछन्”, शिक्षक हरेराम नेपालले भन्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार