बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • झापामा गोमन सर्पको डसाईबाट एकको मृत्यु
समाचार

झापामा गोमन सर्पको डसाईबाट एकको मृत्यु

सुरुङ्गा १४ साउन । झापाको बाह्रदशीमा सर्पदंशका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेल छन् । उहाँलाई आज बिहान घरमै विषालु सर्प (गोमन) ले डसेको बाह्रदशी गाउँपालिका–३ का वडासदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो निकाल्ने क्रममा पौडेललाई सर्पले डसेको हो । सर्पले डसेलगत्तै उहाँलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पुर्याइएको र भेन्टिलेटर अभावका कारण बिर्तासिटी अस्पताल पठाइएकामा मृत्यु भएको अधिकारीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार