बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • जङ्गली च्याउ खाँदा पाँचथरमा एक महिलाको मृत्यु
समाचार

जङ्गली च्याउ खाँदा पाँचथरमा एक महिलाको मृत्यु

फिदिम, १४ साउन । जङ्गली च्याउ खाएर पाँचथरमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

जङ्गली च्याउ खाएर बिरामी पर्नु भएकी उहाँको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । सुनितासँगै जङ्गली च्याउ खाएर बिरामी परेकी उहाँकी सासू ७० वर्षीया सञ्चमाया चेम्जोङको झापाको विर्तामोडस्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यहाँ वर्षायाममा उम्रिएको जङ्गली च्याउलाई तरकारीका रुपमा खाने प्रचलन छ ।

चर्चामा

सम्बन्धित समाचार