सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • आमा बुवाले नै अर्को बिहे गरेर गएपछि, हस्पिटलमा दाजुभाईको बिचल्ली ! शिशिर भण्डारी हस्पिटलमै पुगेर सहयोग गरे (भिडियो हेर्नुस)
समाचार

आमा बुवाले नै अर्को बिहे गरेर गएपछि, हस्पिटलमा दाजुभाईको बिचल्ली ! शिशिर भण्डारी हस्पिटलमै पुगेर सहयोग गरे (भिडियो हेर्नुस)

बुवाले कान्छी आमा बिहे गरेर अर्को घरबार गरे अनि सुखका साथ बस्दैछन् । आमाले पनि अर्कै बिहे गरेर गईन्, नयां दुनियां बसाईन् । अनि त्यहि आमा बुवाबाट जन्मेका एउटा १७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिनादेखि व्लड क्यान्सर भएर जीवन र मरणको दोसाधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हार गुहार गर्दै सहयोग मागिरहेका छन् । काठमाडौंको नयां बानेश्वरको सिभिल हस्पिटलमा पुग्दा बेड नं २२७ मा खेल्ने, कुद्ने, रमाउने, पढ्ने कलिलो उमेरका हेमराज गिरी व्लड क्यान्सरसंग जुध्दै जिन्दगी र मृत्युकोअन्यौलतामा पल्टिरहेका देखिन्छन् ।

सानो भाईलाई जसरी भएपनि बचाउंछु भनेर सबैसंग १-१ पैसा मागेर भाईलाई हस्पिटलमा भर्ना गराएका दाई नविन भोक, निन्द्रा नभनी भाईको रेखदेखमा लागेका छन् ।कालिकोट सानी त्रिवेणी गाउंपालिका वडा नं १ का हेमराज गिरीलाई २ बर्ष अगाडि व्लड क्यान्सर रोगले समात्यो । सानैमा बुवा आमाले छोडेपछि टुहुरो बनेका यि दाजु भाई माथि आकाश खसे जस्तै भयो । नबिन आफ्नो सानो भाईलाई साह्रै माया गर्छन् ।

भाईलाई केहि भयो भने उनी बांच्न सक्दिंन भन्छन् । दाजु भाई मात्रै कोहि छैन साहारा, सोच्नुस त नबिन र हेमराजको पिडा । बिचरा ती भाईले मनमा के कुरा खेलाउंदा हुन् । न आमाको माया न बाबुको माया । बिचरो एउटा दाईको साहारा । उपचार खर्च छैन । बोनम्यारो ट्रान्सप्लान्ट गरेर भाईलाई बचाउन डाक्टरले २६ लाख खर्च लाग्ने नबिनलाई बताएका छन् । दर्शकबृन्द, सबैले यो भिडियोलाई लाखौं शेयर गरेर करोडौं नेपाली मांझ पुर्याऊं । सके सहयोग गरौं नसके शेयर त पक्कै गरौं । सबै मिलेर नबिनको भाई हेमराजलाई बचाऊं ।

सहयोगका लागि-
मेघा बैंक
खाता नं – 0050050209680
खातावालाको नाम – नबिन गिरी
शाखा -नयां बानेश्वर
नबिन गिरी -9805130922
शिशिर भण्डारी -9811006929

चर्चामा

सम्बन्धित समाचार

भर्खरै