बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • मुस्ताङमा भारतीय तीर्थ यात्रीको मृत्यु
समाचार

मुस्ताङमा भारतीय तीर्थ यात्रीको मृत्यु

मुस्ताङमा आज एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार रहेको गण्डकी प्रदेश प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमारलाई जोमसोममा मुटुको समस्या देखिएको थियो । जोमसोम अस्पतालमा उपचार गराई फर्कने क्रममा अचानक ढलेर बेहोश भएका उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै