बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • यस्तो छ देशकै मुटु पोखरामा ऐतिहासिक केबलकार ! दसैमा सरर सराङकोट जान पाइने
समाचार

यस्तो छ देशकै मुटु पोखरामा ऐतिहासिक केबलकार ! दसैमा सरर सराङकोट जान पाइने

नेपालीहरुको महान चार्र्ड विजया दशमी पर्वको अवसरमा पोखरा आउने पर्यटकले सरर.. केवलकार चढ्न पाउने भएका छन्। पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा हाल निमार्ण हुदै गरेको अन्नपुर्ण केवलकारको निर्माण कार्य अन्तिम चरणमा पुगेकोले यसै बर्षको दशैं पर्वको अवसरमा केवलकार संचालनमा ल्याउने तयारी गरिएको उक्त केवलकारका संचालक निर्देशक मध्यका एक तिर्थराज त्रिपाठीले बताए ।

उनले भने “ हामीले नयाँ बर्षको अवसरमा केवलकार पक्षिण गर्ने तयारी गरे पनि प्राविधिक कारणले गर्दा केही ढिलाई हुन गएको छ, अब भने दशैं पर्वको अवसरमा हामीले केवलकार संचालन गर्ने गरी निर्माण कार्यलाई हाल तिव्रता दिएकाछौं । ” पोखरेली तथा पोखरा आउने पर्यटकहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा दशैं पर्वको अवसरमा व्यवसायीक रुपमा संचालनमा ल्याउने उनले दाबी गरे । उक्त केवलकारको निर्माण कार्य हाल करिब ८० प्रतिशत भन्दा बढी सम्पन्न भएको निर्देशक त्रिपाठीले दाबी गरे । हेर्नुहोस यो भिडियो :

चर्चामा

सम्बन्धित समाचार

भर्खरै