बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • झापामा करेन्ट लागेर एक जनाको मृत्यु
समाचार

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–२ सेल्फी डाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीयवासी टेकनारायण सङ्ग्रौलाको प्लटिङ गरेको जग्गामा काम गर्न गएका किस्कुको मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका किस्कुलाई उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो । उनको अस्पताल ल्याएलगत्तै मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार