बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • यस्तो छ आजको सुनचाँदीको मुल्य
समाचार

यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौँ । आज सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मुल्य आज तोलामा २ सय रुपैयाले बढेको छ । गत हप्ताको आइतबार देखि लगातार स्थिर रहेको थियो ।

आइतबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६५ हजार २ सय रुपैयामा कारोबार भइरहेको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ । आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलामा ७ सय ७५ रुपैयामा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै