बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • भ्रष्टाचारका कारण विकासले गति लिएनः काङ्ग्रेस नेता भण्डारी
समाचार

भ्रष्टाचारका कारण विकासले गति लिएनः काङ्ग्रेस नेता भण्डारी

रुपन्देही, १३ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारका कारण मुलुकको विकासले गति लिन नसकेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले भ्रष्टाचार नियन्त्रण भए मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “काङ्ग्रेसका धेरै नेता भ्रष्टाचारमा जेल सजाय भोगेका छन् । नेकपाका नेताले भ्रष्टाचार गरे पनि स्वीकार गर्दैनन्”, उहाँले भन्नुभयो ।

नेता भण्डारीले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचनमा विजयी भएमात्रै सभापतिको कार्यकाल लम्ब्याउन र पराजित भए छाड्न सुझाव दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै