आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सराको निधन, जो लडेर घाइते भएकी थिईन !
समाचार

मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सराको निधन, जो लडेर घाइते भएकी थिईन !

मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते हुनुभएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गर्नुभएकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता सङ्ग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन् । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन् ।

“लामो समयदेखि साहित्य क्षेत्रमा लाग्नुभएकी तिम्सिनाले साहित्य क्षेत्रमा दुई वटा गहकिला पुस्तक र सयौँ कथा कविता छोडेर अल्पायुमा बिदा हुनुभयो”, सहकर्मी साहित्यकार भावना तिम्सिनाले भन्नुभयो । उहाँको निधन पत्याउनै नसकिने दुखद् घटना भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताउनुभयो । उहाँको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार