बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • भेटिए हावामा उड्ने जङ्गी बाबा, अघोरी बाबा भन्दा खत्रा ब्रुस्ली किक हानेर सबैलाई पारे चकित
समाचार

भेटिए हावामा उड्ने जङ्गी बाबा, अघोरी बाबा भन्दा खत्रा ब्रुस्ली किक हानेर सबैलाई पारे चकित

पछिल्लो समय एकपछी अर्को बाबाहरु आउने क्रम जारी छ । अघोरी बाबाले काठमाडौमा तहल्का मच्चाइ रहदा यता मोरङमा हावामा उड्ने बाबा भेटिएको छ । झापामा बसेर मोरङमा गोग साधना गर्ने बाबामा अचम्मकै कला पाइयो । सुपर अनलाइन टिभी टिम पुगेर समीर सुवेदीले अन्तरबार्ता लिने क्रममा उनले जिबन के हो, आत्मा हुन्छ कि हुदैन देखि प्रेम सम्बन्ध साथै यौनका बारेमा पनि खुलेर यस्तो सम्म खुलाएका छन ।

काठमाडौको सुन्दरीजलमा बस्ने अघोरी बाबा जस्तै देखिने जङ्गी बाबालाई देखेर सबै चकित हुन्छन । झन्डै अघोरी बाबा संग अनुहार र बोली मिल्छ । बोल्ने शैली अझै फरक अनि मिठास देखिन्छ । उनी छिटो रिसाउने र जङ्गी पाराको भएकोले उनलाई सबैले जङ्गी बाबा भन्ने गरेको उनले सुनाए । हावामा उड्ने उल्टि सुल्टी हान्ने देखि करिब दुई सय पचास भन्दा बढी योग साधना गरेर सबै चकित पार्छन ।

अर्को रोचक कुरा के छ भने जङ्गी बाबाले कहिलेकाही मान्छे कुट्ने गरेको बताए । उनले सुनाए आफू बाबा भएको र आफुसङ गाजा हुन्छ भन्ने भ्रमले गर्दा केटाहरुले राती मज्जाले सुत्न नदिने गाजा माग्न थाल्ने गरेको र उनीहरुलाई तह लगाउन आफुले मान्छे कुटन थालेको बताए । हावामा उड्ने बाबाले अघोरी बाबालाई खुलेर चेतावनी पनि दिएका छन । उनले अघोरी बाबाको सम्पुर्ण कुन्डली बताइदिएका छन । तल भिडियोमा हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार