बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • चितुवाको आक्रमणबाट घाइते बालकको लक्ष्मी अस्पतालमा उपचार हुँदै
समाचार

चितुवाको आक्रमणबाट घाइते बालकको लक्ष्मी अस्पतालमा उपचार हुँदै

तनहुँ । भानुनगरपालिका–२ बगैँचामा एक बालक चितुवाको आक्रमणबाट घाइते भएका छन् । आज घरमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट छ वर्षीय हेमराज सुनुवार घाइते भएका हुन् ।

स्थानीय लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत सुनुवारको घाँटी र काँधमा चितुवाले चिथोरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उनलाई उपचारका लागि चितवन लगिएको छ ।

चितुवाको आक्रमणबाट आइतबार राति घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलोबगैँचाका ६ वर्षीय हेमराज सुनुवारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार हुँदै ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै