शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • चौपाया छाड्नेलाई कारवाही गरिने
समाचार

चौपाया छाड्नेलाई कारवाही गरिने

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ ले सडकलगायत सार्वजनिक ठाउँमा चौपाया छाड्नेलाई कारवाही गर्ने भएको छ । सडकमा जथाभावी चौपाया छाड्नेलाई वडा कार्यालयले सेवा सुविधा रोक्ने भएको छ । स्थानीयवासीले जथाभावी चौपाया छाडेका कारण समस्या भएको गुनासा बढेपछि उक्त सो निर्णय गरिएको वडाध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो ।

वडाभित्र बसोवास गर्ने स्थानीयवासीले लामो समयदेखि थारा भएका (दूध नदिने) चौपाया सडकलगायत सार्वजनिक स्थानमा जथाभावी छाड्ने गरेका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै स्थानीयवासीले लगाएका खेती नष्ट गर्ने गरेका छन् ।

वडा कार्यालयले बजारमा छाडा छाडिएका चौपायाले कहीँकतै कसैको बालीलगायत अन्य साग तरकारी खाएर नोक्सान गरेका उजूरी गरे तत्कालै निज पशु धनीबाट नै क्षतिपूर्ति भराउने तथा निजको सेवा सुविधा पनि रोकिने निर्णय गरिएको वडाअध्यक्ष शाहले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार