सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • सामुदायिक वनको खोलामा १३ वर्षीय सुदिप मृत फेला
समाचार

सामुदायिक वनको खोलामा १३ वर्षीय सुदिप मृत फेला

माडी नगरपालिका–५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै