बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • घुस लिएको आरोपमा नायब सुब्बा थापा विरुद्ध मुद्दा
समाचार

घुस लिएको आरोपमा नायब सुब्बा थापा विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचरौता नगरपालिका बारामा करार सेवामा कार्यरत नायब सुब्बा बद्रीबहादुर थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नायब सुब्बा थापाले महिला सशक्तिकरणसम्बन्धी अनुशिक्षण तालीम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा विभिन्न बहानामा रु १४ हजार घुस माग गरेको आरोप लागेको छ ।

आयोगले घुस लिँदै गरेको अवस्थामा नासु थापालाई केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार